प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

केन्द्रीय सदस्यसहित ७४ जनालाई कांग्रेसले निकाल्यो पार्टीबाट

२०७९ कार्तिक २२, मंगलबार १३:४२ बजे

काठमाडौँ – नेपाली काँग्रेसले मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक तथा समर्थक बसेका ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न निर्देशन दिएका हुन् । निष्कासित हुनेमा केन्द्रीय सदस्य दिनेश कोइराला, अमरेश सिंह, महादेव गुरुङ, अजय कुमार द्विवेदी लगायत छन्।

निष्कासनमा पर्नेहरू:

१. मिनाकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष, ताप्लेजुङ

२. सन्तमान केरुङ, पूर्व गाउँपालिका अध्यक्ष, पाँचथर

३. बालानन्द दाहाल, नेपाल विद्यार्थी सङ्घ जिल्ला अध्यक्ष, धनकुटा

४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा

५. फणीन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ

६. जयराज संयोग लिम्बु, महाधिवेशन प्रतिनिधि, मोरङ

७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ

८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ

९. जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ

१०. रोहित सुब्बा, महाधिवेशन प्रतिनिधि, सुनसरी

११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी

१२ दिपेन्द्र घिमिरे, इटहरी वडा नं. २ का वडा सभापति, सुनसरी

१३. प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी

१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ

१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी

१६. रामलगन साह, सप्तरी

१७. विजेता झा, धनुषा

१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा

१९. सन्तोष यादव, धनुषा

२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही

२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा

२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा

२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा

२४. अजय कुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा

२५. सुधीर पटेल, क्रियाशील सदस्य, पर्सा

२६. चन्द्र किशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा

२७. लिला बहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा

२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा

२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ

३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाडौँ

३१. दिपेन्द्र लामा, काठमाडौँ ३ (क)

३२. मोहन खड्का, काठमाडौँ ५ (क)

३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाडौँ

३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाडौँ

३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाडौँ

३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर

३७. दिपेश के.सी., क्रियाशील सदस्य, ललितपुर

३८. गङ्गाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर

३९. रामकुमार जिसी, सुनकोसी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक

४०. भक्तबहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख)

४१. बद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक

४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली काँग्रेस

४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन

४४. महादेव गुरुङ, महाधिवेशन प्रतिनिधि, कास्की

४५. चित्रध्वज जी.सी., क्रियाशील सदस्य, नवलपुर

४६. नरबहादुर गुरुङ, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग

४७. ललित गुरुङ, जिल्ला कार्यसमिति सदस्य, नेपाली काँग्रेस कपिलवस्तु

४८. ध्रुव पुन (दूत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व

४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया

५०. कृष्ण ढुङ्गाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी

५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान

५२. देवेन्द्र शाही, जुम्ला

५३. धनबहादुर बस्नेत, जुम्ला

५४. तारक के.सी., नेपाल विद्यार्थी सङ्घ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम

५५. हर्कजंग बहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ

५६. गणेश भण्डारी, बझाङ

५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी

५८. राजन कुँवर, अछाम

५९. चन्द्रप्रसाद ढुङ्गाना, अछाम

६०. नृप विष्ट, नगर सचिव कमलबजार नगरपालिका, अछाम

६१. केशवबहादुर चन्द, बैतडी

६२. हरि मोहन भण्डारी, बैतडी

६३. गिरीराज पाण्डे, कञ्चनपुर

६४. दिपकवहादुर सिंह, कञ्चनपुर

६५. गोपालसिंह बुढा, कञ्चनपुर

६६. पीताम्बर जोशी, प्रदेश प्रतिनिधि, कञ्चनपुर

६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कञ्चनपुर

६८. दुर्गादत्त पाण्डे, कञ्चनपुर

६९. मदन नेपाल, कञ्चनपुर

७०. भरतकुमार शाही, कैलाली

७१. गोविन्दराज जोशी: पूर्व जिल्ला सभापति, कैलाली

७२. लक्ष्मण शाही: महाधिवेशन प्रतिनिधि, कैलाली

७३. क्षितिज भण्डारी: महासमिति सदस्य, कैलाली

७४. विजयकुमार बस्नेत, पूर्व जिल्ला सदस्य, काठमाडौँ