प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रीमती बचाउँदा श्रीमान्को मृत्यु

२०८० भाद्र ८, शुक्रबार ०२:०४ बजे

काठमाडौं – कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमान्को मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घरमा कुटी काट्ने व्रmममा श्रीमती ममता रेग्मीलाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा श्रीमान्लाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर दम्पती नै घाइते भएका थिए ।

घाइतेमध्ये श्रीमान् अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घाइते श्रीमती ममतालाई भने स्थानीय शङ्कर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।