प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर थापाको मृत्यु

२०८० चैत्र ११, आईतबार १८:५६ बजे

पोखरा – स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ झाँक्रीथानमा बाटोमा लतारिएको तार छोइँदा ५२ वर्षका हर्कबहादुर थापाको मृत्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।