हेटौंडा – सल्यानको कपुरकोट गाँउपालिका ३ मुलपानीमा आज बिहानै यात्रुबाहक जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् ।
बिहान साढे ३ बजे बाँकेबाट सल्यान जादै गरेको रा १ ज ५६३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमा नै मुत्यु भएको प्रहरीले जनाएको छ ।
सडक दुर्घटना परी मुत्यु हुनेमा जिप चालक कपुरकोट गाउँपालिका ६ जलबाँङग का २१ वर्षका जित बहादुर बोहोरा, ३७ वर्षका धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, निजकै छोरा ११ वर्षका बसन्त ओली, ३० वर्षका सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ को ललित ओली रहेका छन्।
दुर्घटनामा गम्भिर घाईते भएका स्थानिय ३५ वर्षिय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।