प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बम विष्फोट हुँदा दुई जना घाइते

२०७८ चैत्र १५, मंगलबार ०५:५७ बजे

काठमाडौं –सुनसरीको इटहरी–२ स्थित नव जागृति टोलमा गएराति सुतली बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । विष्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

घाइते दुवैको अहिले उपचार भइरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विष्फोट भने कसरी भयो भन्ने विषयमा अनुसन्धान जिल्ला प्रहरी कार्यलयका एसपी सञ्जयसिंह थापाले बताए ।