प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आईसीसीको तीनवटै फर्म्याटमा भारत पहिलो नम्बर, अनि नेपाल कति औँ स्थान ? (तालिकासहित)

२०८० आश्विन ६, शनिबार ०४:२१ बजे

काठमाडौं – भारतीय क्रिकेट टोली आईसीसीको तीनवटै फर्म्याटमा एकैसाथ नम्बर १ टिम बनेको छ । आईसीसी एकदिवसीय वरीयतामा पनि १ टिम बनेपछि भारतले तीनवटै फर्म्याटमा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको हो । यसअघि देखिनै भारत टेस्ट र टी–२० फर्म्याटमा पहिलो स्थानमा रहदै आएको छ ।

मोहालीमा भएको एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियालाई पराजित भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो । क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ बन्दै भारतीय टोलीले नयाँ इतिहास रचेको छ । यो पहिलो पटक हो, भारतले क्रिकेटका तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ टिम बन्ने सफल भएको ।

तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली बनेको छ। यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो।

आईसीसी एकदिवसीय वरीयतामा पहिलो स्थानमा रहेको भारतको ११६ रेटिङ रहेको छ । भारत पाकिस्तानलाई १ रेटिङले पछि पार्दै बरियताको पहिलो नम्बरमा उक्लिएको हो । यसअघि भारत दोस्रो र पाकिस्तान पहिलो स्थानमा थियो । वरियताको दोस्रो स्थानमा ११५ रेटिङसहित पाकिस्तान छ ।

त्यस्तै अस्ट्रेलिया १११ रेटिङसहित तेस्रो स्थानमा छ । नेपाल टि–२० मा १७८ रेटिङसहित १७ औँ स्थानमा छ भने एकदिवसीयमा ३४ रेटिङसहित १५ औँ स्थानमा छ । टेष्टमा वरीयतामा नेपाली क्रिकेट टोली समावेश छैन । 

 टेस्ट बरियता
 

ओडिआई बरियता

टी–२० बरियता