काठमाडौं – लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । ५ जना सवार लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा दुर्घटनामा परेको हो ।
कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किने क्रममा एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको बताइएको छ । गाडीमा ५ जनालाई सामान्य चोटपटक लागेको स्वकिय सचिव शम्भु गौतमले जानकारी दिए ।