प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा किटनाशक औषधी र मल सहित दुई जना पक्राउ

२०७८ चैत्र १५, मंगलबार ०९:०५ बजे

हेटौंडा – मकवानपुरको मनहरीबाट अप्रतिबन्धित किटनाशक औषधी र अवैध मल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही बसपडिया गाउँपालिका–६ बस्ने ३२ वर्षीय सन्तोष साह र चितवन माडी नगरपालिका–९ बगही बस्ने ३२ वर्षीय गिरेन्द्र दुरा रहेका छन् ।

मनहरी गाउँपालिका–८ सिमपानी स्थित ना.१ ज.४७७६ नम्बरको म्याजिक प्रयोग गरी प्रतिबन्धित किटनाशक औषधी र अवैध मल बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बिनग्रो जी ४९ बोरा र जिल १६ कार्टुन सहित उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त म्याजिकबाट १७ बोरा बिनग्रो जी र ५ कार्टुन जिल सहित साह र दुरा लाई नियन्त्रणमा लिएको थियो । सोधपुछ गर्दा हेटौडा उप– महानगरपालिका–१९ बस्तिपुरस्थित भाडाको कोठा भित्र लुकाएर राखेको बिनग्रो जी ३२ बोरा र जिल ११ कार्टुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त किटनाषक औषधि सहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान ईलाका प्रहरी कार्यालय मनहरीले गरिरहेको छ ।