हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय बुद्ध गोङवा र सोही स्थान बस्ने २६ वर्षीय इन्द्र बहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–१५ रातोमाटे बिक्रम चोकस्थित सडकबाट आइतबार लागूऔषध २८ बोतल ओनिरेक्स सहित पक्राउ गरेको हो । पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्बरको मोटरसाइकलको ट्यांकी भित्र उक्त लागुऔषध लुकाई छिपाई ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
गोंङबा र अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।