प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेयर कप: उपाधिका लागि आज हेटौंडा ११ र १५ भिड्दै

२०८० जेठ २७, शनिबार ०२:०१ बजे

हेटौंडा – तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिबार हेटौंडा उपहानगरपालिका वडा नम्बर ११ र १५ भिड्दै छन् । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा वडा नम्बर ११ र १५ बीचको फाइनल खेल आज साँझ ३ बजे हुनेछ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १४ लाई सडन डेथमा पाखा लगाउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा वडा नम्बर ११ ले वडा नम्बर १३ लाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि भिड्न्त पक्का गरेको थियो ।

नगर खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख तथा उपविजेताले १ लाख ५० रुपैयाँ ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सेमिफाइनलबाट आउट हुने दुई टोलीले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।