हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ स्थित रजतजयन्ती मार्ग (थाहा चोकदेखि भैरव रोडसम्म) मा जारी सडक विस्तारका कारण आगामी असार १९ गते आइतबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रका अनुसार सडकको "राइट अफ वे" क्षेत्रमा पर्ने एच.टि./एल.टि. लाइन तथा ट्रान्सफर्मर स्थानान्तरण गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ ।
विद्युत अवरुद्ध रहने क्षेत्रहरूमा हुप्राचौर, थाहा चोक, चिल्ड्रेन पार्क, कमल डाँडा, पशुपति मन्दिर र सान्तिनगर पर्दछन्। यी क्षेत्रहरूमा चौकिटोल सबस्टेशनमार्फत वितरण हुने ११ केभी चौघडा र HID फिडरको लाइन बन्द हुनेछ।
प्राधिकरणले मौसम वा अन्य परिस्थितिको कारणले कार्य समयमा सम्पन्न नभएमा मिति परिवर्तन हुन सक्ने जनाएको छ। यस्तै, काम छिटो सकिएमा तोकिएको समयअघि नै लाइन सञ्चालनमा ल्याइनेछ।
विद्युत प्राधिकरणले अस्थायी असुविधाप्रति उपभोक्तासँग क्षमायाचना गर्दै समयमै आवश्यक तयारी गर्न आग्रह गरेको छ