प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

३७ वर्षीय पुरुषद्वारा चार बालिकामाथि यौन दुर्व्यवहार

२०७९ माघ ३, मंगलबार १३:०६ बजे

हेटौंडा – प्रहरीले चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । भोजपुरमा १३ वर्षीया २ जना र १५ वर्षीया २ जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको हो ।

हतुवागढी गाउँपालिका–३ सिद्राङ बस्ने ३७ वर्षीय पुर्ण कुमार राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राईले विभिन्न मिति, समय र स्थानमा ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भन्ने छुट्टाछुट्टै उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।