प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८१ मंसिर ९, आईतबार ०९:०० बजे

काठमाडौँ – अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुखमा ठोक्किई कार दुर्घटना हुँदा बर्दियाका विवेक सुवेदी र रुकुमका सुरेश केसीको ज्यान गएको अमेरिकाबाट सञ्चालित अनलाइन पोर्टल नेपाल मदर डटकमले जनाएको छ ।

सुवेदी साइबर सुरक्षा अनुसन्धाकर्मी हुन् । उनी अमेरिकास्थित सिस्को नेटवर्किङ एकेडेमीमा विगत दुई वर्षदेखि साइबर सुरक्षा विश्लेषकका रूपमा कार्यरत थिए ।

त्यस्तै रामलक्ष्मण ग्रुपमा साइबर सुरक्षा इन्जिनियर तथा सुरक्षा परामर्शदाताका रूपमा पनि उनले काम गरेका थिए । साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालमा समेत उनले एसओसी एनालिस्टको रूपमा काम गरेका थिए । कोभेन्ट्री युनिभर्सिटीबाट सुवेदीले इथिकल ह्याकिङ र साइबर सुरक्षामा स्नातक तह उत्तीर्ण गरेका थिए ।