प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आइतेले गरे आफ्नै श्रीमतीको हत्या

२०७९ फाल्गुन २९, सोमबार ०३:५१ बजे

हेटौंडा – जुम्लामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । तिला गाउँपालिका–४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीले आफ्नै श्रीमती २१ वर्षीया ममता नेपालीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आइतेले ममता नेपालीलाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।