प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

२०७९ माघ २५, बुधबार ०३:०८ बजे

हेटौंडा - काठमाण्डौको तिनकुने मुनिभैरवमा कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सुर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राई रहेका छन् ।

बुधबार बिहान बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोक्किँएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षकै चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन र जीप चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ ।