प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कतार पठाइदिन्छु भन्दै रकम ठगी, लामा पक्राउ

२०८० असार ४, सोमबार ०३:१७ बजे

काठमाडौं – वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा छन्।

लामाले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी वलीबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौंको बौद्धबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।