प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कुलेखानी–फर्पिङ सडकखण्ड आजदेखि दुई महिना बन्द

२०८० पौष १६, सोमबार ०७:३३ बजे

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, फाखेल, हुमाने, फर्पिङ्ग सडक खण्ड आजदेखि दुई महिनाका लागि बन्द भएको छ । इन्द्रसरोवर गाउँपालिकाले सूचना निकालेर पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सडक बन्द रहने जानकारी दिएको हो। उक्त सडक खण्ड अहिले मर्मत तथा स्तरोन्नति भइरहेको छ।

‘यस इन्द्रसरोवर गाउँ कार्यपालिका अन्तर्गत कुलेखानी, फाखेल, हुमाने, फर्पिङ्ग सडक खण्ड हुँदै काठमाडौं जाने सडक खण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेको छ। यसै क्रममा सो कार्यलाई अझ प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न यहि मिति पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा आवत जावत बन्द रहने र सवारी साधनहरू अन्य वैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ।