प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राँगाको आक्रमणबाट शिक्षक आचार्यको मृत्यु

२०८१ आश्विन २४, बिहीबार ०८:५१ बजे

पोखरा – पोखरामा राँगाले हानेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–३३ का धनन्जय आचार्य रहेका छन् ।

उनको आफ्नै दाजुको भैंसी फर्ममा गएका बेला राँगाले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए ।

३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा अध्यापनरत थिए । राँगोले हानेर उनको शव क्षत–विक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ ।