प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ आश्विन ९, बुधबार १९:०४ बजे

काठमाडौं – जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए ।

यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको छ । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।