प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीबाट रातिको समयमा गिट्टी सहित ट्याक्टर प्रहरीको नियन्त्रणमा, वडाध्यक्ष दाहाललाई तनाव

२०७९ माघ ७, शनिबार १५:०८ बजे

हेटौंडा – सरकारले देशभर नदीजन्य पदार्थ उत्खन्न तथा ओसारपसारमा रोक लगाएको छ । तर, मकवानपुरगढी गाउँपालिकामा भने रातारात नदीजन्य पदार्थ उत्खन्न तथा ओसारपसार गरिरहेको पाईएको छ ।

प्रदेश–२–०३–००१ त ४३ ७२ नम्बरको ट्याक्टर नदीजन्य पदार्थ ओसारपसार गरेको पाईएको हो । मकवानपुरगढी–६ स्थित डुम्रेकुनाबाट उक्त ट्याक्टर गिट्टीसहित स्थानीय युवाहरुले शुक्रबार राति करिब १० बजे नियन्त्रणमा लिएर प्रहरीलाई जिम्ममा लगाएका हुन् ।

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको फेला परेपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले बताए । सार्वजनिक बिदा भएकोले सोमबार ट्याक्टरलाई ट्याक्टरलाई सम्बन्धित स्थानीय तहमा बुझाउने उनले बताए ।

स्थानीय युवाहरुले उक्त ट्याक्टर मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेश दाहालको रहेको आरोप लगाएका छन् । उता वडा अध्यक्ष दाहाल ट्याक्टर आफ्नो नभएको दाबी गरे।

उक्त ट्याक्टर आफ्नो दाजुको रहेको बताउँदै दाहालले जाँडरक्सी खोनेहरु आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाए । उनले आफ्नो घर बनाउँदा बाँकी रहेको गिट्टी एक वृद्धको घर बनाउन सहयोगका लागि पठाएको बताए ।

मकवानपुरगढी यो कार्य नयाँ भने होइन् । मकवानपुरगढीमा प्रहरी र जनप्रतिनिधिकै मिलोमत्तोमा रातको सयममा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार हुने गरेको स्थानीयहरु बताउँछन् । यसअघि मकवानपुरगढी–२ र ५ बाट अबैध रुपमा नदीजन्य पदार्थ र माटो ओसारपसार भएको थियो । 

गाउँपालिकाबाट नदी तथा प्राकृतिक जन्य पदार्थहरु राजश्वनै नबुझाई निर्वाद रुपमा निकाशी हुने गरेको छ । तर जनप्रतिनिधि र प्रहरी टुलुटुलु रहेर बस्ने प्रवृत्तिको कारण गाउँपालिकाले राजश्व गुमिरहेको स्थानीयहरुको भनाई छ ।