प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

२०८० चैत्र १९, सोमबार ०९:३० बजे

हेटौंडा – मकवानपुरको थाहा नगरबाट आफ्नै आमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । थाहा नगरपालिका वडा नं.१० तल्लो बिसिङ्गखेल बस्ने २६ बर्षीय मिलन गमाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मिलनलाई आफ्नै आमाको हत्या आरोपमा पक्राउ गरिएको हो । उनले गत फागुन ३० गते आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

ज्ञानीमाया आफ्नै घरको खाटमा सुति रहेको अबस्थामा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा मिलनले नै घरायसी विबादको कारण आफ्नै आमा ज्ञानीमायाको हत्या गरेको खुल्न आएको प्रहरीको दाबी छ ।

उनी हाल इलाका प्रहरी कार्यालय पालुङ्गको नियन्त्रणमा रहेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।