हेटौंडा – राष्ट्रिय राजमार्गको सडक अतिक्रमणको सवालमा एक महिना अगाडिदेखि सार्वजनिक सूचना जारी गरेको डिभिजन सडक कार्यालयले हेटौंडाले अन्ततः सडक चौडा गर्ने आफ्नो अभियानबाट पछाडी नफर्कने भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगतको बागमती प्रदेशको समेत राजधानी रहेको हेटौंडा बजारको मुख्य सडक दाँयाबायाँ चौडा गर्ने बिषयमा पटक पटक बहस भएपनि बिभिन्न कारणले रोकिएकोमा अब भने भत्काउने मनस्थितिमा सडक कार्यालय पुगेको हो ।
हटौंडाका केही घरधनी तथा ब्यवसायीहरुले सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेपछि सर्बोच्चले सडक कार्यालयलाई सडक बिस्तार गर्नुपर्ने कारण सहित पेश हुनका लागि साउन १६ गतेको समय दिएको र १६ गतेपछि भने हेटौंडामा जोडर चलाइने सडकका कर्मचारीहरुले बताएका छन् । डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले भने १६ गतेको छलफल र बहसपछि १७ गतेबाट भने आफूहरु रोकिने अवस्था नरहने बताउनुभयो ।
सर्बोच्चमा आफूहले सबै प्रमाण पेश गरेपछि सर्बोच्चले पक्कैपनि सडकको पक्षमा फैसला गर्ने र अनि १७ गतेपछि सडक चौडा गर्ने अभियान संचालन गरिने बताउनुभयो । अब सडक चौडा गर्नुको बिकल्प नै नभएकाले आफूहरु यो अभियानबाट पछाडी फर्कने संभावना नै नरहेको पनि यादवको भनाइ छ । हेटौंडामा केही ब्यवसायीहरुले भने सडक चौडा गर्ने सडक कार्यालयको अभियानको बिरोध गरिरहेका छन् । मकवानपुर उधोग बाािण्ज्य संघले नै यसको नेतृत्व गरिरहेको छ ।