प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको महोत्सवमा आज शान्तिश्री परियार र सुजिल कर्माचार्य आउने

२०७९ माघ २२, आईतबार ०३:१५ बजे

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आज आइतबार गायिका शान्तिश्री परियार र गायक सुजिल कर्माचार्य आउने भएका छन् । उनिहरुले आफ्नो संगीतिक प्रस्तुती मार्फत मेला अवलोकन गर्न आउने दर्शकहरुको मनोरञ्जन प्रदान गर्ने छन् । 

शान्ति श्री परियार एक नेपाली लोक दोहोरी गायिका हुन्। नेपाली लोक दोहोरी क्षेत्रमा उनको स्वरमा सजिएका गीतहरु निकै चर्चाका छ । बोल मायामा...,गलबन्दी...बनमा खयर...,माझी दाई...,साईली...लगायत दर्जन बढी गीतहरु हिट छन् । 

त्यस्तै गायक सुसिल कर्माचार्य पप गायक हुन् । उनको भुमो भुमो..., मनी ल्यौउ...,भन्छन् नारायण..., असार साउन...,सपना मात्र..., लगागत आधा दर्जन गीतहरु दहकहरुले रुचाएका छन् । 

हिजो शनिबार युवा पुस्तामा चर्चित रहेका गायक निशान भट्टराई, प्रताप दास र बाल गायक जेनिश उप्रेतीलेले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकलाई नचाएका थिए । शनिबार करिब ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्दा करिब ७० लाख बराबरको कारोबार भएको आयोजकको अनुमान छ ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टार भोटिङ राउण्ड सुरु भइरहेको छ ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

महोत्सवको समापन माघ २३ गते अर्थात भोली सोमबार हुनेछ ।