हेटौंडा – बसको ढोकाबाट लडेर बसमा सवार एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी पुल छेउमा बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.२ ख १७७८ नम्बरको बसको ढोकाबाट लडेर बसमा सवार पाल्पा अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराईको सोमबार दिउँसो मृत्यु भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बसबाट लडेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालक हेटौंडा उपमहानगरपालिका वडा नं.१४ बस्ने बर्ष ५२ को लुलाबाबु थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।