प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

‘रुस र युक्रेन युद्वको कारणले मुलुकको अर्थतन्त्रमा चुनौती’

२०७८ चैत्र १६, बुधबार ०४:२४ बजे

काठमाडौं – अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले पछिल्लो समय रुस र युक्रेन युद्वको कारणले मुलुकको अर्थतन्त्रमा चुनौती देखिएको बताए । मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय रुस र युक्रेनबीचको द्वन्द्वको कारण पेट्रोलिय पदार्थ,खाद्यान्न लगायतका बस्तु आयातमा देखिको समस्याको कारण नेपालको अर्थतन्त्रमा ठूलो चुनौती थपिएको स्पष्ट पारे । सचिव मरासिनीले बाहिरी कारणले मुलुकको अर्थतन्त्रमा चुनौती थपिएकाले मुलुक भित्र नै उत्पादन,रोजगारी विकास गर्नु पर्ने देखिएको बताए । अर्थतन्त्रमा परेको दबाबलाई लिएर अर्थमन्त्रालय अत्यन्तै चिन्तित रहेको उनले बताए । सचिव मरासिनीले सकेसम्म सरकार अर्थतन्त्रलाई संकटमा पर्न नदिने कुरामा समेत भएर काम गरिरहेको दाबी गरे ।

उनले भने,‘ अहिले रुस र युक्रेनबीचको तनाव अहिले आउँछ भन्ने थिएन । यस्ता बाहिरी कुराले मुलुकको अर्थतन्त्रमा दबाब परेको छ । यस्तो कुरा हामीले बुझु पर्छ । दुई देशमा भएको तनावले पेट्रोलिय पदार्थको मूल्य वृद्धिमा भएको वृद्धिले होस । डेढ वर्ष देखि आयात वृद्धिको कारणले होस । युद्धको कारणले खाद्यान्न लगायतका बस्तु आयातको समस्योले थप चुनौती बढदै गएको छ । विद्युत अभाव भएर विद्युतको मूल्य वृद्धि बढेको कारण हामीलाई एकदमै प्रेसरमा राखेको छ । देश भित्र नै उत्पादन नबढाइ, रोजगारीको सिर्जना नगरी नहुने रहेछ भन्ने कुरा अहिले देखिएको छ । धेरै देशले त्यही खालको नीति बनाएको छ । अर्थविदहरुले दिएको सुझावले यस्ता समस्या समाधान गर्न सहयोग मिल्ने छ । अर्थमन्त्रालय अत्यन्तै चिन्तित छ । तरलता अभाव,रेमिटेन्स र विओपी लसको कुरा निगरानी गरिरहेका छौं । सकेसम्म अर्थतन्त्रलाई सन्तुलन राख्ने नीति हो ।’