प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कुटपिटबाट एक युवकको मृत्यु

२०७९ श्रावण २९, आईतबार ०६:३२ बजे

हेटौंडा – मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

गोरखा पालुङटार नगरपालिका–५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिक गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आँपपिपल अस्पताल पालुङटारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट घटनामा संलग्न रहेका सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।