प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

‘कालो केशमा रेलिमई’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक(भिडियो)

२०७९ पौष ३, आईतबार ०९:१४ बजे

हेटौंडा – नवगायक दिनेश ढकालको हिट गीत कालो केशमा रेलिमई फिमेल भर्सनमा सार्वजनिक भएको छ । दिनेश ढकालको शब्द, संगीत रहेको गीतको मेल भर्सन दिनेशले नै गाएका थिए ।

केही महिना अगाडि सार्वजनिक गीत युवा पुस्तामाझ निकै लोकप्रिय भएको थियो । साथै, टिकटकमा पनि उत्तिकै लोकप्रिय भएको थियो । शनिबार गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो ।

यसको फिमेल भर्सनमा गायिका सुनिता रेग्मीले स्वर दिएकी छिन् । गीतको निर्माण पक्षले फिमेल भर्सनमा भिडियोलाई प्राथिमिक्ता दिएको छ । भिडियोमा चर्चित नायिका मिरुना मगर र गणेशमान घलेले अभिनय गरेका छन् ।

गीतको भिडियो मकवानपुर उत्तरी थाहा नगरपालिकाको चित्लाङमा छायाङ्कन गरिएको छ । राजेश पुमा राईको भिडियो निर्देशनमा तयार भएको गीतको भिडियोमा सवारी चालक र गाउँकी युवतीबीचको प्रेम सम्वन्ध र समयसापेक्ष जनजीवनलाई देखाउन खोजिएको छ । यसअघिमेल भर्सनको भिडियोमा अलका सुवेदी र गायक दिनेशले अभिनय गरेका थिए ।

फिमेल भर्सन

मेल भर्सन