हेटौंडा – घरको आगँनको डिलबाट लडेर काभ्रेपलाञ्चोकमा दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका वडा नं.१ राय गाउँ बसने रविन बिसुङखेलको दई वर्षीया छोरी सुस्मिता विसुङ्खे रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार बालिका आगनको डिलबाट अन्दाजी ८ फिट तल लडेर घाईते भएकी थिइन् । उनको उपचारका लागि सिर मेमोरियल अस्पताल लादै गर्दा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।