प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

२०८० भाद्र १९, मंगलबार ०५:२५ बजे

मकवानपुर – बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद काफ्लेले सचेतक पदबाट राजीनामा दिएसँगै सामाजिक सञ्जालबाट सो विषय सार्वजनिक समेत गरेका छन् ।

उनले लेखेका छन्  'गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु ।' उनले भने । 'अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु । यस विचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'