प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ट्रकमा स्कुटर ठोकिँदा एक जनाको मृत्यु

२०७९ चैत्र ८, बुधबार ०४:१५ बजे

काठमाडौं – चन्द्रागिरी नगरपालिका–११ सिप्रदीमा गएराती ट्रकमा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक बाग्लुङका अन्दाजी २३ वर्षीय किरण केसी रहेका छन्।

गएराती सडक छेउमा रोकी राखेको ना ७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश ३–०२–०१० प ३२१७ नम्बरको स्कुटर ठोक्किँएको थियो । दुर्घटनमा परी स्कुटर चालक केसी घाइते भएका थिए । उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा गएराती १ बजे केसीको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।