प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

देशैभर चिसो बढ्ने क्रम जारी, कहाँ कति छ तापक्रम ?

२०७९ पौष १२, मंगलबार ०३:१४ बजे

काठमाडौँ – देशैभर न्यूनतम तापक्रममा सुधार आएसँगै दैनिक जसो चिसो बढ्ने क्रम जारी छ । चिसोका कारण जनजीवनमा सामान्य प्रभाव पारेको छ भने आज देशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा भने सफा हुने महाशाखाले जनाएको छ ।

मौसम बदली भइरहँदा देशभरको तापक्रम पनि निरन्तर घटिरहेको छ । यता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि आज ४.४ मापन भएको छ । यता जोमसोम, जिरी, जुम्ला लगायतका हिमाली भेगको तापक्रम माइनस भन्दा तल मापन भएको छ ।

कहाँ कति मापन भयो ?