प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पेस्तोल र गोली सहित दुई जना पक्राउ

२०७९ असार १२, आईतबार ०५:४७ बजे

हेटौंडा – कटुवा पेस्तोल र गोली सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका–१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका–१ घर भएकी २१ वर्षीया अस्मिता विक रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।