काठमाडौं – कपिलवस्तुमा अवैध भारतीय रुपियाँ र स्रोत नखुलेको नेपाली रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्ता रहेका छन् ।
सोही नगरपालिकाको आन्दोलन चौकस्थित कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपियाँ २४ लाख १३ हजार २५५ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँ हाजर १२७ रुपियाँसहित गुप्तालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए । पक्राउ परेका गुप्तालाई सो रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने उनले बताए ।