प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

देउरालीमा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

२०७८ चैत्र १४, सोमबार ०७:२७ बजे

हेटौंडा – बर्दियाको बासगढी नगरपालिका १ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

घाइते भएका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ । लु २ ख ८७३ नम्बरको ट्रक आज बिहान पौने १० बजे अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।