हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगामा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँएको छ ।
सोमबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ४०३० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना ६ ख ५२२१ नम्बरको ट्रक एक–आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा चितवन राप्ती नगरपालिका–८ बस्ने ४७ वर्षीय रामशरण उप्रेती घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा प्रथामिक उपचारपछि उप्रेतीलाई भरतपुर चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिगात्मक तस्वीर