हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा सुजुकीको आधिकारिक शोरुम संचालनमा आएको छ । कालिका स्यार्से अटो मोबाईल्स प्रा.लि.ले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मेनरोडमा सुजुकीको आधिकारिक शोरुम शुक्रबारदेखि संचालनमा ल्याएको हो ।
संचालक एन्जल सत्यालका अनुसार शोरुममा सुजुकीको नयाँ मोडलका स्कुटर तथा मोटरसाईकल बिक्रीका लागि राखेको छ । उद्घाटन कै अवसर पारेर शोरुमले स्कुटरको खरिदमा नगद ५ हजार देखि ३० हजार र मोटरसाईकलको खरिदमा नगद २० हजारसम्म छुट दिइएको सत्यालले बताए ।
नयाँ शोरुममा सुजुकीको सेल्स, सर्भिस र स्पेयर पार्टस, पुरानो बाईक तथा स्कुटरको एक्सचेञ्ज अफर पनि रहेको संचालक सत्यालले बताए । शोरुमले सरल फाइनान्स सुबिधामा ५० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउने उनले बताए ।