प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चट्याङ लागेर चार जना घाइते

२०८१ बैशाख २६, बुधबार ०८:३८ बजे

बझाङ – बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन्। खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन्।

एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ। आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो। चट्याङ लागेर फिट्टु खड्काकाे परिवार बेलु देवि खड्का उनका ८ वर्षीया छाेरा एकेन्द्र बहादुर खड्का घाइते भएका छन्।

चट्याङकै कारण उनका छिमेकि लुड्कि देवि खगड्का र दुदादेवि रावत पनि घाइते भएका छन्। घटनाबारे थप विवरण आउन बाँकि रहेको प्रहरीको भनाइ छ।