प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई घरबाट ३८ लाख बढी चोरी

२०८० आश्विन ६, शनिबार १५:०२ बजे

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिका–७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका–३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठाबाट नगदसहित गरगहना चोरी भएको छ । कोठामा कोही नभएको अवस्थामा ताला फुटाइ सुनका गरगहना र नगदसमेत गरी करिब रु एक लाख १४ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यस्तै चन्द्रागिरि–१४ नैकाप प्रगति सङ्गम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँसमेत गरी करिब रु ३७ लाख ४५ हजार एक सय ५० बराबरको धनमाल चोरी भएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।