प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा अचेत अवस्थमा फेला परेका श्रेष्ठको मृत्यु

२०८१ बैशाख १४, शुक्रबार ०८:०४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ ओमभवनस्थित एक घरमा अचेत अवस्थमा फेला परेका पुरुषको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बिहीबार केदार शाहीको घरमा पाहुना आएको ललितपुर माहालक्ष्मी नगरपालिका वडा नं.८ बस्ने बर्ष ५१ को रमेश श्रेष्ठको मृत्यु भएको हो ।

बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा सुतेको कोठामा अचेत अवस्था फेला परेका श्रेष्ठलाई उपाचरको लागि हेटौंडा अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।