प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा ८०० क्यूफिट सालको गोलिया काठमा आगलागी

२०८० माघ ११, बिहीबार ०८:३२ बजे

हेटौंडा – मकवानपुरमा एक सामुदायिक वनको सालको गोलिया काठमा आगलागी भएको छ । बुधबार बिहान भीमफेदी गाउँपालिका वडा नं.१ सानुटार याङराङ खोलामा नजिकै कालिका किसडी सामुदायिकको ८०० क्यूफिट काठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त काठको थुप्रोमा आगलागी हुँदा २०० वटा गोलिया बाँकी रहेको अरु बसै जलेर नष्ट भएको छ । आगो के कसरी लागेको नखुलेको प्रहरीले जनाएको छ । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।