प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरगढीमा फुटसल प्रतियोगिता बुधबारदेखि

२०७९ आश्विन १०, सोमबार १४:२० बजे

हेटौंडा – पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगीता यही असोज १२ गते बुधबारदेखि सुरु हुने भएको छ । सोमबार आयोजक गढी स्टार स्पोर्टस् क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिताको संयोजक तथा क्लबका सचिव विदुर हुँमागाईले फुटसल खेल र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको सम्पुर्ण तयारी पनि अन्तिम चरणमा पुगेको बताए ।

अघिल्लो संस्करणभन्दा यस बर्ष पुरस्कार राशी पनि बढाईएको छ । यस संस्करणमा प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टोलीको सहभागिता रहने अनुमान छ ।

मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा हुने प्रतियोगिताको फाइनल खेल यही १५ गते हुनेछ । बिजयादशमीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।