हेटौंडा – स्वर्गीय मिन बहादुर थपलिया स्मृति प्रतिष्ठानले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ स्थित जनज्योति माध्यामिक विद्धालयलाई २ वटा सिलिङ फ्यान हस्तान्तरण गरेको छ ।
मंगलबार स्वर्गीय मीन बहादुर थपलियाको १८ औं स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ स्थित जनज्योति माध्यमिक विद्यालयलाई प्रतिस्ठानले २ वटा सिलिङ फ्यान हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं र बिशिष्ट अतिथी दिपक खड्काले विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रामचन्द्र ढुंगाना र प्रधानाध्यापक भोगेन्द्र लुईटेललाई उक्त फ्यान हस्तान्तरण गरेका हुन ।
प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दिपक खड्का, स्थानीय राजनितिक दलका प्रतिनिधी लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
चुरियामाई गाविसका पुर्ब उपाध्यक्ष मिन बहादुर थपलियाको स्मृतीमा प्रतिष्ठान गठन भएको हो । थपलियाको २०६२ साल असार ५ गते हत्या भएको थियो । थपलियालाई समकालिनहरूले बिकास प्रेमी नेताका रूपमा स्मरण गरेका छन् ।