मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका-५ तीनतले घुम्तीस्थित धरान-चतरा सडकखण्डमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
हेटौडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस बिहान १०:४५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खोल्सामा खसेको हो।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्दार गरी घाइतेहरूलाई हेटौडा सहकारी अस्पताल पठाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
बस चालक हेटौडा उपमहानगरपालिका-१२, पदमपोखरीका ४५ वर्षीय टिकराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकले बसमा ३७ जना यात्रु सवार रहेको बताएका छन्।
घाइतेहरूको विवरण:
१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.३ सरस्वती टोल बस्ने बर्ष अं. २५ की सिर्जना तामाङ बाया खुट्टामा दुखाई अवस्था सामान्य
२.ऐ.ऐ. बस्ने बर्ष अं. ३६ की लक्ष्मी तामाङ टाउकोमा दुखाई अवस्था सामान्य
३.ऐ.ऐ. बस्ने लक्ष्मी तामाङकी छोरा अं. बर्ष १८ को दिकेश तामाङ बाया खुट्टा र टाउकोमा दुखाई अवस्था सामान्य
४.जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा.१ एक्लेखेत बस्ने अं.३१ की सुना तामाङको बाया कान र छातिमा दुखाई अवस्था सामान्य
५.ऐ.ऐ.सुना तामाङकी छोरी अं.१३ की रुपिया तामाङ दाहिने हातमा भित्री चोट अवस्था सामान्य
६.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ३ बसामाडी बस्ने वर्ष अं. ३० को मनोज तामाङको कुममा भित्री चोट अवस्था सामान्य
७. ऐ.ऐ. ३ सरस्वती टोल बस्ने बर्ष अं.३१ को धन ब.तामाङको दाहिने खुट्टामा सामान्य चोट
८. ऐ.ऐ. बस्ने धन ब. तामाङको श्रीमती बर्ष अं. २८ की माया तामाङको घाटी र कम्बरको भाग दुखेको सामान्य
९.ऐ.ऐ.बस्ने धन ब.तामाङको छोरा बर्ष अं. १७ को दिप तामाङको कम्बर र टाउको दुखेको अवस्था सामान्य
१०. ऐ.ऐ. बस्ने बर्ष अं. २८ को शंखर तामाङको निधारमा चोट र दाहिने खुट्टामा चोट अवस्था समान्य
११.ऐ.ऐ. बस्ने बर्ष अं. २५ को राजिन तामाङको टाउकोमा चोट दाहिने गाला सुनिएको सामान्य
१२.ऐ.ऐ. बस्ने राजिन तामाङको श्रीमती बर्ष अं. २३ की सुष्मा तामाङको बाया करङ दुखेको अवस्था सामान्य
१३.ऐ.ऐ. बस्ने राजिन तामाङको छोरी बर्ष अं. ५ की दिप्सी तामाङको दाहिने गालामा चोट अवस्था सामान्य
१४.ऐ.ऐ.बस्ने लिला ब. तामाङको छोरी बर्ष अं. ११ की सुहाना तामाङको छाति दुखेको अवस्था सामान्य
१५.ऐ.ऐ.३ बसामाडी बस्ने उमेश पाख्रीनको श्रीमती बर्ष अं.४४ की रिता पाख्रीनको टाउको र कम्बरको भाग दुखेको मध्यम
१६. ऐ.ऐ. बस्ने बर्ष १९ की समिक्षा तामाङ छाति दुखेको अवस्था सामान्य
१७.ऐ.ऐ. बस्ने वर्ष अं. ४१ को जित बहादुर तामाङको बाया खुट्टामा चोट अवस्था सामान्य
१८.ऐ.ऐ. बस्ने वर्ष अं. ५५ को राम ब. तामाङ दाहिने हातमा भित्री चोट नाक दुखेको अवस्था सामान्य
१९. ऐ.ऐ. बस्ने बर्ष अं. ७२ की मंगली माया तामाङको घाटी र बाया हातको पातो दुखेको अवस्था सामान्य
२०.जिल्ला मकवानपुर भिमफेदी गा.पा. ५ सुपिङ बसने सम्झना रुम्बाको बाया हातमा भित्री चोट अवस्था सामान्य
२१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१२ हात्तिगौडा बस्ने बर्ष अं.४४ की सानुमाया मोक्तानको कम्बरको भाग दुखेको सामान्य
२२. ऐ.ऐ.सानुमाया मोक्तानको छोरी बर्ष अं. १७ की अमिषा मोक्तानको दाहिने खट्टा,हात र कम्बरमा चोट अवस्था सामान्य
प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।