प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेस नेतृत्वकै सरकारको अध्यादेशप्रति गगन थापाको असन्तुष्टि

२०७९ मंसिर २६, सोमबार ०९:३७ बजे

काठामाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ता लिने अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । उनले यो अध्यादेशको विषयमा पार्टीभित्र कुनै छलफल नभएको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले आज सोमवार सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ । यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरूले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् । यसअघि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत भएको बताएका थिए ।