प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपमहानगरमा गर्मी विदा थप

२०८० जेठ २८, आईतबार ०२:४७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै थप दुई दिन बिदा दिएको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै आइतबार र सोमबार बिदा दिएको जनाएको छ ।

यसअघि उपमहानगर आइतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरेको थियो । उपमहानगरपालिकाका अधिकृत रमेश बिडारीद्वारा जारी सूचनामा बिदाको समयमा दिउँसो घरबाहिर ननिस्कने व्यवस्था मिलाउन र बालबालिकालाई रचनात्मक एवं सिर्जनात्मक कार्यमा लगाउन अभिभावकलाई आग्रह गरिएको छ ।