मकवानपुर – भिमफेदी गाउँपालिका–२, भैँसेबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलास गाउँपालिका–१० बस्ने अन्दाजी ३६ वर्षीय सिंह बहादुर स्याङ्तान रहेका छन् ।
त्रिभुवन राजपथ सडकखण्डमा प्रहरी चौकी भैँसे, मकवानपुरबाट खटिएको चेकिङ टोलीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख २२९९ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार स्याङ्तानले बोकेको झोलाबाट अन्दाजी ३ किलोग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
उक्त लागुऔषध गाँजा सहित स्याङ्तानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।