प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा दुई समूहबीच कुटाकुट

२०८१ बैशाख २, आईतबार १८:४८ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ बज्रबाराहीमा रहेको मनकामना मन्दिर नजिकै पिकनिक स्पोर्टमा नयाँ बर्ष मनाउन आएका दुई समुहबिचमा कुटपिट भएको छ । थाहा नगरपालिका–११ माहाकाल र थाहा नगरपालिका ११ मालागरीका स्थानियहरु बिच पुरानो रिसिबीको कारण विबाद भई कुटपिट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुको झगडा छुट्याउन गएका प्रहरी समेत घाइते भएका छन् । झैझगडा हुँदा उक्त स्थानमा सुरक्षार्थ खटिएका ८ जनाको प्रहरी टोलि मध्य प्रहरी पोष्ट बज्रबाराहीमा कार्यरत रहेका ३९ वर्षिय प्रहरी सहायक हवल्दार मेगनाथ महत्तो घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनलाई सिसाको बोत्तलले टाउकोमा लागेर घाईते भएका हुन् ।

उनको उपचारको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार गरिएको प्रहरीले जनाएको छ । उनको बाँया कानको माथि टाउकोमा चोट लागेको छ भने ६ वटा टाका लगाएको प्रहरीले जनाएको छ ।

यसैगरी झैझगडामा माहाकाल तर्फका केही व्यक्तिहरु समेत घाइते भएका छन् । झगडामा थाहानगर–११ माहाकाल बस्ने बर्ष ६० को चन्द्र बहादुर गोले र बर्ष ३० को पुडके गोले घाइते भएका थिए । झगडामा संलग्नहरुको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।