काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
नेपाललाई टि–२० विश्वकपमा पुयाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारले आफ्नो प्रदेशका तीन खेलाडीलाई नगद सहित सम्मान गर्ने भएको हो । दीपेन्द्रले ६ लाख, सन्दीप जोरा र विनोद भण्डारी ५÷५ लाख प्राप्त गर्ने जानकारी क्यानले दिएको छ ।
दीपेन्द्रले विश्व कीर्तिमान बनाएको कारण एक लाख अन्य खेलाडीको तुलनामा बढी पाउने भएको बताईएको छ । एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएका थिए ।
नेपालले गत कार्तिक १७ गर्ते माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ ।