प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आत्महत्या दुरुत्साहन मुद्दामा वडाध्यक्ष भट्टराई पक्राउ

२०८० मंसिर २, शनिबार १९:०६ बजे

झापा – कमल गाउँपालिका – ६ स्थायी घर भइ पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् ।

कमल ६ का वडाध्यक्ष भट्टराईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफैं आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ।  घटना भएको १८ दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।