प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नेपाललाई चौंथो सफलता, दीपेन्द्रले लिए विकेट

२०७९ चैत्र २, बिहीबार ०५:५६ बजे

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई चौंथो विकेटको सफलता मिलेको छ ।

दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका हुन् । उनले युएईका आयन खानलाई ३ रनमा आउट गरे । युएईले ३१ ओभरमा ४ विकेट गुमाएर १४३ रन जोडेको छ ।